खानेपानीको बिबादमा साथीको हत्या : ऐर पक्राउ

खानेपानीको बिबादमा साथीको हत्या : ऐर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ बैशाख २०७९
  • 2.4K
    Shares

श्यामबहादुर ऐर

बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ । श्यामको कोदालो प्रहारबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

आज दिउँसो १ बजे खानेपानीको विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गरेका हुन् ।

वीरेन्द्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार