मोटरसाइकल नदिए दुलही नस्वीकार्ने धम्की दिएका एक युवक झापाबाट पक्राउ परेका छन्।
झापा गाउँपालिका टाघनडुब्बाका डेबिड गनगाई मोटरसाइकल नदिए दुलही नस्वीकार्ने धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलही पक्षले दुलाहाबिरुद्ध प्रहरीमा उजुरी गरेका थिए। जबकी दुलहीको परिवारले विवाहका क्रममा गनगाईलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि चार लाख बराबरको सामग्री दिएका थिए ।
जिल्लाको मेचीनगर नगरापालिका – १७ ज्यामिरगढीमाबाट चौधरी समुदायकी दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइजो मागेका थिए । छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट भनिसकेको अवस्थामा शुक्रबार बेहुली लानेक्रममा दुलाहा पक्षले मोटरसाइकल बिना दुलही नलैजाने जिद्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।
विदेशमा रहँदा समाजिक संजालमार्फत चिनजान भएपछि गनगाई र चौधरी युवतीको प्रेम बसेको थियो । त्यसपछि उनीहरु विवाहसम्मको अवस्थामा पुगेका थिए ।