सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु

सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ बैशाख २०७९
  • 2.4K
    Shares

पहिरो (सांकेतिक फाइल फोटो)

जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ ।

घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको हो ।

जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार, तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।

दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको उनको भनाइ छ । मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन् ।पहिरो (सांकेतिक फाइल फोटो)

प्रतिक्रिया
सम्बन्धित समाचार