दुष्प्रचारयुक्त सामग्री र द्वैषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगर्न काउन्सिलको अपिल

दुष्प्रचारयुक्त सामग्री र द्वैषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगर्न काउन्सिलको अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ बैशाख २०७९
  • 2.3K
    Shares

स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेर प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा द्वेषपूर्ण सामग्रीलाई स्थान नदिन सञ्चार माध्यमलाई निर्देशन दिएको छ ।

काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा अपिलमा कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्नरनगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा आग्रह गरेको छ ।

२०७९ वैशाख १९ गते शुक्रबार अपिल जारी गर्दै “पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरु बढिरहेका छन् भने कुनै राजनीतिक दलका नेताहरुले अर्को राजनीतिक दल तथा दलका नेताहरुविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिइ सञ्चार माध्यमहरुबाट सम्प्रेषण भएको प्रेस काउन्सिलको स्वअनुगमनबाट देखिएको,” उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार