वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा जैमिनी नगरपालिकामा काङ्ग्रेसबाट उपमेयरको उम्मेदवारी दिएका हरिहर शर्माले नगरभित्रको बेथिति सुधार गर्दै सुन्दर र समृद्ध जैमिनी बनाउने अठोटका साथ उपमेयरको पदमा चुनाबी मैदानमा होमिएका छन् ।
आज जनसंचार डटकम सँग कुरा गर्दै शर्माले नगरभित्रका अनेकौँ आर्थिक विसङ्गतिहरू रहेकोले आफूले जिते त्यसलाई सुधारेर अघि बढ्ने बताउनुभयो । नेपाली कांग्रेस बागलुङका पार्टी सचिब तथा महाधिवेशन प्रतिनिधि समेत रहेका शर्मा उपमेयरको उम्मेदवार भएपछी, करको विद्यमान दायरालाई फराकिलो बनाउँदै जैमिनीको विकासमा संघ र प्रदेशसँग सहकार्य गरेर स्रोत परिचालन गरिने बताउनुभयो ।
शर्माले पाँच वर्षमा जैमिनीमा स्वास्थ्य, शिक्षा क्षेत्रमा सुधार, कृषिमा उद्धमशिलता बिकास, प्रभावित किसानलाई राहात, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, युवालाई रोजगारी, पर्यटनको बिकास ,बिभिन्न जातिको धार्मिक तथा संस्कृतिको पहिचान निर्माण लगाएतमा आफ्नो जोड रहने समेत बताउनुभयो । शर्माले आफ्नो उम्मेदवारी नगरवासीमा आफ्नै योजना र जनताको चाहना कामलाई सम्बोधन गर्दै अघि बढिरहने समेत प्रतिबद्धता जनाउनुभएको छ ।
उनले आफ्नो उम्मेदवारी जैमिनीमा युवा रोजगारीमा वृद्धि गर्न, आयआर्जनको बाटोहरू पहिचान गर्ने र बेरोजगार जनशक्तिलाई रोजगारीमूलक तालिम दिएर लघु उद्यमशीलताको विकास गर्ने समेत बताउनुभयो ।
कृषी सडक, कृषीमा आधुनिकता, पशुपालनलगायत जस्ता किसान लक्षित कार्यक्रम पनि आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो। “आत्मनिर्भर र समुन्नत नगरपालिका बनाउने अभियानमा छौं”, शर्माले भन्नुभयो ।