चितवनको नारायणगढमा भिषण आगलागी, छ वटा पसल जले, करोडौंको क्षति

चितवनको नारायणगढमा भिषण आगलागी, छ वटा पसल जले, करोडौंको क्षति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ बैशाख २०७९
  • 3.9K
    Shares

चितवनको नारायणगढ कमलनगरस्थित एक घरमा भीषण आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । विहान २ बजेदेखि विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो आगलागीमा परेर छ वटा पसल जलेर नष्ट भएका छन् । आगलागी भएको घरमा इलेक्ट्रोनिक्स, किराना, जुत्ता लगायतका पसल थिए । पहिलो तलामा रहेका सबै पसल जलेको र दोस्रो तल रहेका पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौंको क्षति भएको भनिएपनि एकिन विवरण संकलन भइनसकेको प्रहरीले जनाएको छ ।

भरतपुर महागरपालिका,खैरहनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल सेनाको दमकलले आगो नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार