बागलुङको जैमिनी नगरपालिकाको प्रमुखका लागि पाँच जनाको उमेद्वारी दर्ता

बागलुङको जैमिनी नगरपालिकाको प्रमुखका लागि पाँच जनाको उमेद्वारी दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ बैशाख २०७९
  • 3.3K
    Shares

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङको जैमिनी नगरपालिकाको प्रमुखका लागि पाँच जनाले उमेद्वारी दर्ता गराएका छन् ।  प्रमुख पदमा उमेद्वार बन्नका लागि दुई स्वतन्त्र सहित पाँच जनाको उमेद्वारी परेको हो ।

नगर प्रमुखका लागि सत्ता गठबन्धनको तर्फबाट जनमोर्चाका नरबहादुर पुन  र नेपालि कांग्रेसका युवा नेता हरीहर शर्माले उपप्रमुखमा उमेद्वारी दिएका छन् ।

यता नेकपा एमालेको तर्फबाट लिला राना प्रमुख र उषा पौडेलले उपप्रमुखमा उमेद्वारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नगर प्रमुख पदमा निर्मदा बानियाँ क्षेत्री सापकोटा र उप-प्रमुखमा चिना केसीको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस बिपीबाट काशिराम आचार्यले नगर प्रमुखमा उमेद्वारी दिएका छन् ।

जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीका अनुसार नगर प्रमुखमा जयराम आचार्य र शिवलाल सापकोटाको स्वतन्त्र उम्मेदवारी परेको छ भने उपप्रमुखमा रुद्रा कुमारी रोका क्षेत्री र कृष्ण राज पौडेलको उम्मेदवारी परेको छ ।

नगरपालिकामा ५२ जना जनप्रतिनिधिका लागि १ सय ४८ जनाले उमेद्वारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार