बागलुङको जैमिनी नगरपालिकामा नेपाली कांग्रेसकि एक नेताले नेकपा एमालेको तर्फबाट उपमेयरको उमेद्वारी दिएकि छिन् । कांग्रेस निकट नेपाल महिला संघ जिल्ला कमिटि बागलुङकी सचिव उषा पौडेलले नेकपा एमालेको तर्फबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उमेद्वारी दिएकी हुन् । नेपाली कांग्रेसले अन्याय गरेको भन्दै पौडेलले नेकपा एमालेको तर्फबाट उमेद्वारी दिएको बताईएको छ ।
पौडेलले एमाले प्रबेश गरेर पार्टीको तर्फबाट उमेद्वारी दर्ता गराएको एमाले जैमिनी नगर कमिटिले जनाएको छ । सत्ता गठबन्धनले जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई प्रमुख र नेपाली कांग्रेसलाई उपप्रमुख भागवण्डा लगाएको थियो ।
पौडेल प्रवेश गरेपछि एमालेले उपप्रमुखको टिकट पाएकी एमुना शर्माको टिकट खोसेर पौडेललाई उमेद्वार बनाएको छ ।
जैमिनिमा उप प्रमुखमा कांग्रेस पार्टी सचिव हरिहर शर्मालाई उमेद्वार बनाउने निर्णयपछि पौडेल एमाले प्रबेश गरेकी हुन् ।