चार वर्षीया बालिकालाई बलात्कार गरेर बेहोश बनाई भाग्ने युवा पक्राउ

चार वर्षीया बालिकालाई बलात्कार गरेर बेहोश बनाई भाग्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ बैशाख २०७९
  • 4.9K
    Shares

प'क्राउ, गि'रफ्तार, हि'रासत

चार वर्षीया बालिकालाई बलात्कार गरेर बेहोश बनाई भाग्ने एक युवालाई प्रहरीले म्याग्दी सदरमुकाम बेनीबाट पक्राउ गरेको छ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका, ४ डाँडाखेतका २२ वर्षीय सन्देश छिनाललाई प्रहरीले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।

पर्वतको जलजला गाउँपालिका-३ वारी बेनीकी चार वर्षीया बालिकालाई अभियुक्त छिनालले बिहीबार साँझ ७ बजे ललाइ-फकाइ डेरा नजिकै अर्को कोठामा लगेर बलात्कार गरी बेहोस अवस्थामा छोडेर भागेको प्रहरीको दाबी छ।

अचेत अवस्थामा आफन्तले बालिकाको उद्धार गरी बेनी अस्पताल पुर्‍याएइको प्रहरी चौकी वारीबेनीले जनाएको छ । बालिका बलात्कारपछि फरार छिनाललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले शनिबार बिहान घरबाट पक्राउ गरेको प्रहरी चौकी वारीबेनीका असई विराज ढकालले जानकारी दिए ।

पीडित बालिकाका अभिभावक वारी बेनीमा डेरा गरी बस्दैआएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार