भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ बैशाख २०७९
  • 5.7K
    Shares

म्यादी प्रहरीको मृत्यु

नुवाकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका १२ घर भएका म्यादी प्रहरी २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो।

बेलकोटगढी नगरपालिका वडा नम्बर १२ स्थित घट्टे फोगडा भीरबाट खसेर शनिबार न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा गरिएको र परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको प्रहरीले जानकारी दिएको छ। सांकेतिक फोटो

प्रतिक्रिया
सम्बन्धित समाचार