कैलालीमा १६ महिनाकी एक जना नाबालिका वलात्कृत भएकी छिन्।
टिकापुर नगरपालिकाकी १६ महिनाकी एक जना नाबालिका वलात्कृत भएकी हुन्।
१६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। तर उसको नाम सार्वजनिक गरिएको छैन।
पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ। तर, रिपोर्ट सार्वजनिक गरिएको छैन । पक्राउ गरिएका युवकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।