ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ

ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ चैत्र २०७८
  • 4K
    Shares

यातायात कार्यालय एकान्तकुना

ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ परेका छन् । यातायात ब्यबस्था कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ ।

उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पु¥याएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार