मिलापत्र भएर बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरास्थित सडक छेउमा पार्किङ्ग गरी राखिएका दुई वटा सवारी साधनमा आगजनी भएको छ।
डम्मरामा पार्किङ्ग गरी राखिएका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए ।
प्रहरीका अनुसार, बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो । तर
आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका ती दुवै सवारी साधनमा आगजनी गरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। दुबै सवारी साधनका धनी स्थानीयवासी रहेको अवस्थामा ती सवारी साधनमा कसले आगजनी गर्यो भन्ने बारेमा सोधपुछ भैरहेको प्रहरी निरीक्षक गुरुङले बताए।