काठमाण्डौको ठमेलस्थति इन्द्रेणी दोहोरी साँझमा बिहीबार राति एक महिला कलाकारलाई लछारपछार गर्दै हातपात भएको छ।
ती महिला कलाकारलाई हातपात गरेको आरोपमा प्रहरीले नेकपा एमालेको भात्री संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य वकिल बमलाई पक्राउ गरेको छ। बमले ती महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका बताइएको छ।
कालीकोट घर भई ठमेल बस्ने बमलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको भनिएका बमबिरुद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।