पोखरामा एकाबिहानै पैदल यात्रीलाई ठक्कर दिएर स्कुल बसमा ठोक्किएको स्कुटर चालकको मृत्यु

पोखरामा एकाबिहानै पैदल यात्रीलाई ठक्कर दिएर स्कुल बसमा ठोक्किएको स्कुटर चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० चैत्र २०७८
  • 10.6K
    Shares

बस दुर्घटना , bus accident, janasanchar

पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको बसमा ठोक्किंदा आज एकाबिहानै एक जना स्कुटरमा सवार युवकको मृत्यु भएको छ।

गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ग२२प ००७ नम्बरको स्कुटर ठोक्किंदा स्कुटर चालक नहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको हो।

वाग्लेले चलाएको स्कुताराले आज बिहान करिब ६ बजेतिर पैदलयात्री ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएर अनियन्त्रित भै स्कुल बसमा गएर ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार भएको र अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिसकिएको प्राप्त छ।

प्रतिक्रिया
सम्बन्धित समाचार