खाडल खनेर लुकाई राखेको अवस्थामा पोखराबाट ठुलो मात्रामा लागू औषध बरामद

खाडल खनेर लुकाई राखेको अवस्थामा पोखराबाट ठुलो मात्रामा लागू औषध बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ चैत्र २०७८
  • 5K
    Shares

जमिनमुनि खाल्टो खनेर लुकाई राखेको अवस्थामा पोखराबाट ठुलो मात्रामा लागू औषध बरामद भएको छ।

जमिन मुनी माटोले पुरी लुकाई छिपाई लागू औषध राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वीचोकस्थित् ज्ञानु गुरुङको खाली जग्गामा माटोले पुरी लुकाई छिपाई राखेको अवस्थामा ठुलो मात्रामा लागू औषध बरामद गरेको हो।

प्रहरीले उक्त खाली जग्गाबाट खाल्टो खनेर लुकाई राखेको अवस्थामा डाईजापाम-२८ एम्पुल, फेनेरागन-३० एम्पुल र नुर्फिन–२९ एम्पुल गरी जम्मा-८७ एम्पुल लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। साथै प्रहरीले उक्त परिमाणका लागू औषध लुकाई छिपाई बिक्री वितरण गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ९ शिवटोल बस्ने वर्ष ३३ को चेते भन्ने बोध बहादुर गुरुङलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

पक्राउ परेका अभियुक्त गुरुङबिरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले ज्बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार