चितवनको माडीमा आफुले पढाउने नाबालिका छात्रामाथि शिक्षकद्वारा यौन दुर्ब्यबहार

चितवनको माडीमा आफुले पढाउने नाबालिका छात्रामाथि शिक्षकद्वारा यौन दुर्ब्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ चैत्र २०७८
  • 4.2K
    Shares

माडी नगरपालिका वडा नं १ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक सुरज लामिछाने

आफुले पढाउने छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा चितवनको माडीबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

आफुले पढाउने छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका वडा नं १ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक वर्ष ३७ का सुरज लामिछानेलाई पक्राउ गरेको हो ।

उनी बिरुद्ध कक्षा ९ अध्ययनरत १५ वर्षकी छात्रालाई यौन दुर्ब्यबहार गरेको भन्दै उजुरी परेको प्राह्रीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, पिडित बालिकाको तर्फबाट आफन्तले लामिछानेबिरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा चैत ६ गते लिखित जाहेरी दिएका थिए। पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार