गाइको पछाडिको दुवै खुट्टा काटिदिएको आरोपमा तनहुँबाट एक बृद्ध पक्राउ

गाइको पछाडिको दुवै खुट्टा काटिदिएको आरोपमा तनहुँबाट एक बृद्ध पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ चैत्र २०७८
  • 4.9K
    Shares

गाइको खुट्टा काटिदिएको आरोपमा तनहुँबाट एक बृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ छाब्दी फुर्लङ बस्ने ६६ वर्षीय मानबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै गोठमा पालिएको कैलो रङ्गको गाईको पछाडिको दुवै खुट्टामा धारिलो हतियार फलामको खुर्पाले काटेर घाइते बनाएको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

पक्राउ परेका थापा विरुद्ध पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार