तनहुँमा दुई समुहबीच झडप, दुई जना घाइते

तनहुँमा दुई समुहबीच झडप, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ चैत्र २०७८
  • 8.6K
    Shares

दुई युवा समूहबीच बिहीबार राति झगडा हुँदा दमौलीमा दुई जना घाइते भएका छन् । पोखरा र दमौलीका युवाबीच झगडा हुँदा दुई जना घाइते भएका हुन् ।

व्यास-५ मानुङमा भएको झगडामा व्यास-४ का दीपेन्द्र सिंह र व्यास-३ का कमल रामदाम घाइते भएका हुन् । सिंहको टाउकोमा २२ र रामदामको चिउडोमा १० टॉका लगाइएको छ ।

घाइतेको समाधान अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने युवाहरुको पहिचान नभएको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार