दोहोरो नागरिकता लिएको आरोपमा पोखरा लेकसाइडकी ढकाल गोरखाबाट पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा पोखरा लेकसाइडकी ढकाल गोरखाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ चैत्र २०७८
  • 65.4K
    Shares

दोहोरो नागरिकता लिने पुजा ढकाल

दोहोरो नागरिकता लिएको आरोपमा गोरखाबाट पोखराको लेकसाइडकी एक महिला पक्राउ परेकी छिन।

पोखरा महानगरपालिका ६ बैदाम माइती भई हाल काठमाण्डौ महानगरपालिका ३२ बस्ने २८ बर्षकी पुजा ढकाललाई जिल्ला प्रहरी कार्यालय गोर्खाले दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरेको हो।

२०६७ मंसीर ८ गते जिल्ला प्रसासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी ढकालले दोस्रो पटक फेरी गाइने सार्कीलाई बाबु बनाएर २०६७ मंसीर २८ गते नै जिल्ला प्रसासन कार्यालय गोरखाबाट नागरिकता बनाएको खुलेपछि आबश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको छ। ढकालबिरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई झुक्यानमा पारी दोहोरो नागरिकता लिएको आरोप लगाएको छ।

उनले दोस्रो नागरिकता बनाउदा भने पुजा गैरे सुनार नाम उल्लेख गरेर गोरखाबाट नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

जिल्ला प्रसासन कार्यालय गोरखाले दोहोरो नागरिकता लिइएको पुष्टी हुनासाथ आबश्यक कारवाहीका लागी गोरखा प्रहरीलाई जानकारी गराएको थियो । पक्राउ परेकी ढकाललाई जिल्ला अदालत गोरखाबाट दोहोरो नागरिकता सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आज सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार