१३ वर्षीया भान्जी वलात्कार गरेको आरोपमा मामा गोरखाबाट पक्राउ

१३ वर्षीया भान्जी वलात्कार गरेको आरोपमा मामा गोरखाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ चैत्र २०७८
  • 13.5K
    Shares

१३ वर्षीया भान्जी वलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट मामालाई पक्राउ गरेको छ।
भान्जी वलात्कार गरेको आरोपमा प्रहरीले गोर्खाको शहिद लखन गाउँपालिका ८ को ढोडेनी चिसापानीका २९ बर्षिय मामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार फागुन १९ गते राती ९ः०० बजेको समयमा भान्जीलाई बलात्कार गरेको उजुरी दर्ता भए लगत्तै चैत्र १ गते आरोपित मालालाई पक्राउ गरिएको हो ।

भान्जी वलात्कार गरेको आअरोप लागेका उनलाई बुधबार गोरखा जिल्ला अदालतमा जबरजस्ती करणीमा सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको सूचना अधिकारी एवं प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

बलात्कार भएको लामो समय पछि चैत्र १ गते मात्र प्रहरीमा जबरजस्ती करणी अन्तरर्गत मुद्वा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार