अवैध रुपमा संकलित अल्लो र चिराइतोसहित गोरखाबाट बुद्ध पक्राउ

अवैध रुपमा संकलित अल्लो र चिराइतोसहित गोरखाबाट बुद्ध पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ फाल्गुन २०७८
  • 4.6K
    Shares

अवैध जडिबुटी चिराइतोसहित एकजना पक्राउ परेका छन्। गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङलाई अवैध जडिबुटी चिराइतोसहित पक्राउ परेका हुन्।

गुरुङको साथबाट ४० केजी चिराइतो र ७० केजी अल्लो जातको जडिबुटीसहित बरामद गरेको छ । उनले ती जडिबुटी काठमाडौं बेच्न लैजादै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले जानकारी दिए। गुरूङले उक्त जुडिवुटी गाउँका स्थानीयबाट संकलन गरेका बताइएको छ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागी आइतवार डिभिजन वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार