चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ फाल्गुन २०७८
  • 4.4K
    Shares

मोटरसाइकल दुर्घटना

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको हो ।

शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ईच्छाकामना–२ बस्ने वर्ष ३४ का नविन गुरुङ्, पछाडी सवार ३० वर्षीया तृकि भनिने प्रतिभा गुरुङ र उनका ५ वर्षीय छोरा आरोन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । मृतक चालक प्रतिभाका आफन्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार