बागलुङको निशीखोलामा मोटरसाइकल दुर्घटना : फर्निचर व्यवसायीको निधन

बागलुङको निशीखोलामा मोटरसाइकल दुर्घटना : फर्निचर व्यवसायीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 4.4K
    Shares

बागलुङको निशीखोलामा मोटरसाइकल दुर्घटना

बागलुङको निशीखोलामा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जना फर्निचर व्यवसायीको निधन भएको छ।
निसीखोला गाउँपालिकामा बिहिबार बिहान ध २ प १९२१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा निसीखोला गाउँपालिका–३का ४२ बर्षीय देविराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए । फर्निचर व्यवसायी रहेका देवीरामको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

झिवाखोलादेखि याङम्याङ तर्फ जाने क्रममा गहतेरा खोला नजिक दुर्घटना भएको हो । मोटरसाईकल सडकदेखि करिब ३ सय मिटर तल खसेको बताईएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार