अर्कैको चेकमा नक्कली हस्ताक्षर गरी रकम ठगी गरेको आरोप्मा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ।
कालिका नगरपालिका १ का ३६ बर्षिय उज्वल कुँबर र मकवानपुरको हेटौडा उपमहानगरपालिका ११ नवलपुरका प्रभाकर भनिने सुदिप कार्कीलाई प्रहरीले अर्कैको चेकमा नक्कली हस्ताक्षर गरी रकम ठगी गरेको असरोप्मा पक्राउ गरेको हो । उनीहरुलाई फागुन बुधबार चितवनको कालिका नगरपालिका १ लंकालाइनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार, उनीहरुले रत्ननगर नगरपालिका १ सौराहारोड स्थित न्यू लक्ष्मी इन्टरप्राइजेजका संचालक कृष्णप्रसाद तिवारीसंग रड खरिद बापत अरुको चेकमा नक्कली हस्ताक्षर गरी दिएका थिए । उनीहरुले माघ १४ गते चार लाख ६८ हजार चारसय ३५ रुपैंयाको नक्कली चेक काटेका थिए । चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।