काठमाडौंको नयाँबजारस्थित समृद्ध फार्मेसी लुटपाटमा एक जना प्रहरी जवान संलग्न रहेको भेटिएको छ।
कन्चनपुर सुक्लाफाँटा नगरपालिका वडा न ४ झलारी घर भएका प्रहरी जवान २७ वर्षीय सुवाश रतोकी लगायतका युवाहरुले गएको फागुन १२ गते साँझ साढे ७ बजे नयाँबजारस्थित समृद्ध फार्मेसी लुटपाट गरेको बताइएको छ।
प्रहरीले प्रहरी जवान रतोकीसहित उनकै गाउले ३४ वर्षीय मिलन बोहरा, जुम्लाको गुठीचौर गा.पा.वडा न ५ का २६ वर्षीय देबि प्रसाद धिताल, धादिङको धुनेबेशि नगरपालिका वडा न ३ स्थायी घर भएका वर्ष ३० का शंकर रेग्मी, डेल्धुरा गन्यापधुरा गाउपालिका वडा न २ निवासी २८ वर्षीय हिक्मत महता, पाँचथर याङ्गक गाउपालिका वडा नं.८ च्याङ्थापु निवासी ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, दैलेख नौमुले गाउपालिका वडा नं.५ सल्लेरी निवासी २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखि गाउपालिका वडा नं.६ निवासी वर्ष २१ का भिटेन, संगित थापा भन्ने कमल सुनार समेतलाई पक्राउ गरेको छ।
हाल काठमाण्डौको बिभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरुले फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई “हामी प्रहरी हौँ भन्दै नियन्त्रणमा लिएर पसल लुटपाट गरेको प्रहरीको दाबी छ।
‘तपाईको पसलमा अवैध औषधि बिक्री वितरण गर्ने गरेको रहेछ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं’ भनि पसल सञ्चालकलाई नियन्त्रणमा लिइ पसलको काउन्टरमा भएको नगद, साथमा रहेको मोबाइल, घडी र ६५ हजार रुपैयाँ लुटपाट गरेको महानगरीय अपराध महाशाखा प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट मोवाईल ११ थान,विभिन्न बैंकका पाँच थान एटिएम, घडी, नागरिकता प्रमाणपत्र र चेक दुई थान समेत बरामद गरेको प्रहरीले जनाएको छ।