पोखराको मौजामा लागेको महाशिवरात्री मेलामा हत्या गरेको आरोप लागेका तीन जना सार्वजनिक

पोखराको मौजामा लागेको महाशिवरात्री मेलामा हत्या गरेको आरोप लागेका तीन जना सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 3.1K
    Shares

नेपाली मात्रको महाशिवरात्रीका अवसरमा कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नम्बर २० मौजामा स्थानीय क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रम स्थानीय एक युवाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ।

बुधबार राती एक बजे आयोजित सांगीतिक कार्यक्रममा भएको बिबाद पछि पोखरा महानगरपालिका वडा
नं.२० लामडाँडा बस्ने वर्ष ३७ को चोकेन्द्र गुरुङलाई स्थानीय तीन जनाले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गरी गुरुङको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई सार्वजनिक गरेको छ। प्रहरीले गुरुङको हत्या आरोपमा पोखरा महानगरपालिका वडा नं.२० लामडाँडा बस्ने वर्ष २९ को प्रकाश गुरुङ, सोही ठाउँको वर्ष ३० को डिल
बहादुर गुरुङ भन्ने प्रिमस गुरुङ र पोखरा महानगरपालिका वडा नं.१३ लामाखेत बस्ने वर्ष २५ को निशान गुरुङलाई पक्राउ गरेको छ।

उनीहरुविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्की मार्फत जिल्ला अदालत कास्कीमा कर्तब्य ज्यान मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि सात दिनको म्याद लिइएको प्रहरीले जानकारी दिएको छ।

सांस्कृतिक कार्यक्रममा उनीहरुले चोकेंद्र गुरुङसंग सामान्य विवाद तथा झै-झगडा हुँदा चक्कु प्रहार गरी घाइते बनाएकोमा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार हुँदाहुँदै घाइते गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार