ट्याक्टरले ठक्कर दिदा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई पौडेलको मृत्यु

ट्याक्टरले ठक्कर दिदा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई पौडेलको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 3.5K
    Shares

सवारी दुर्घटनामा परेर चितवनमा ट्राफिक प्रहरी नायब निरीक्षक (सइ)अर्जुन पौडेलको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत अर्जुन पौडेलको गएराती सवारी दुर्घटनामा परेर मृत्यु भएको हो।

सई पौडेल चढेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई राति करिब ९ बजेतिर भरतपुर महानगरपालिका वडा नं ६ स्थित जयनेपाल चोकमा ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ठक्कर दिदा पौडेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पौडेल भरतपुर महानगरपालिका वडा नं १४ राधापुरका स्थानीय बासिन्दा रहेको प्राप्त जानकारीमा उल्लेख छ।

टेक्टरले आफ्नो लेन बाहिर गएर पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए ।

उनकाअनुसार टेक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए । टेक्टर र टेक्टर चालक भरतपुर–२८ मेघौलीका ५५ वर्षिय पूर्णबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार