झन्डै १६ लाख जापानी येन सहित स्याङ्जाका एक व्यक्ति पक्राउ परेका छन्।
स्याङ्जा मिर्मी गाउँपालिका–६ पालिचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म राज भट्टराई अवैध ठानिएको १५ लाख ९० हजार जापानी येन सहित पक्राउ परेका हुन् ।
सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई प्रहरीले
अवैध रूपमा लुकाई वाहिरी मुलुकतर्फ लैजाँदै गर्दा भट्टराई उक्त रकमसहित मंगलबार भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।