सुर्खेतका कान्छा वडाध्यक्षको मोटरसाइकल दुर्घटनामा मृत्यु

सुर्खेतका कान्छा वडाध्यक्षको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ फाल्गुन २०७८
  • 4K
    Shares

मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो । उनी सुर्खेतका निर्वाचित वडाअध्यक्षहरुमध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष थिए ।

नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ गते ठक्कर दिएको थियो ।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार