तनहुँमा मजदुर क्याम्पकी महिला मजदुर ब’लात्कृत, ठेकेदार पक्राउ

तनहुँमा मजदुर क्याम्पकी महिला मजदुर ब’लात्कृत, ठेकेदार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ फाल्गुन २०७८
  • 4.1K
    Shares

आफैले संचालन गरेको मजदुर क्याम्पमा बसेकी महिला मजदुरलाई व’लात्कार गरेको आरोपमा तनहुँबाट एक ठेकेदार पक्राउ परेका छन्।

संखुवासभाको चैनपुर नगरपालिका–२ महिममा घर भएका ४० वर्षीय ठेकेदार शिव न्यौपाने तनहुँबाट पक्राउ परेका हुन्।

उनीविरुद्ध डुम्रे–वेंशीहर सडकखण्ड निर्माणका लागि खडा गरिएको मजदुर क्याम्पमा बस्दै आएकी ३५ वर्षीया महिलालाई ज’बर्ज’स्ती क’रणी गरेको आरोप लगाइएको छ। उनलाई प्रहरीले बिहीबार बिहान ४ बजे भानु–२ बाह्रबिसेबाट पक्राउ गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार