टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै सुनसरीको धरान उपमहानगरपालिका-४ मा पर्ने धरान-भेडेटार रोडको नौकिलो भन्ने स्थानको जंगलमाअर्को झोलामा शरीर पनि भेटिएको छ।
बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी ४०-४२ वर्ष उएरको जस्तो देखिने पुरुषको उक्त शबको पहिचान नभएको प्रहरीले जानकारी दिएको छ।
सडे गलेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको र जाँचका लागि फरेन्सिक टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार, पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी बुधबार दाउरा खोज्न जङ्गल जाँदा जे’ब्रा झो’लामा मान्छेको खु’ट्टा र टा’उको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उक्त घटनामा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान थालिएको छ ।