नाबलिका छोरीलाई जर्बजस्ती करणी गरी भागेका दुलाल १५ वर्षपछि पक्राउ

नाबलिका छोरीलाई जर्बजस्ती करणी गरी भागेका दुलाल १५ वर्षपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 2.5K
    Shares

नाबलिका छोरीलाई जर्बजस्ती करणी गरी भागेका एक व्यक्ति १५ वर्ष पछि प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ।

नाबलिका छोरीलाई जर्बजस्ती करणी गरी भागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– १३ ठुलोसिरुवारीका ४३ वर्षीय विनोद दुलाललाई प्रहरीले १५ वर्ष पछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार, अभियुक्त दुलालले २०६३ वैशाख १९गते आफ्नै नाबलिका छोरीलाई सल्लाघारी जंगलमा जबरजस्ती करणी गरेका थिए।  तर आवश्यक कानुनी प्रक्रिया सुरु हुनुअघिदेखि नै उनी भागेका थिए । उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार