हिउँ खेल्ने क्रममा वेपत्ता गोर्खाका दुई किशोर मृत भेटिए

हिउँ खेल्ने क्रममा वेपत्ता गोर्खाका दुई किशोर मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ फाल्गुन २०७८
  • 2.4K
    Shares

हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार साँझ करिब पाँच बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।

हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका-१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट-२ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन थिए ।

‘घटनाको प्रकृति हेर्दा हिउँ खेल्ने क्रममा उनीहरु चिप्लिएर खोचमा पुगेको र माथि आउन नसकेर त्यही मृत्यु भएको हुन सक्ने आनुमान प्रहरीले गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार