साढे सात किलो गाँजासहित प्रहरीले स्याङजाबाट एक जना पक्राउ परेका छन्। स्याङजाको अर्जुनचौपारी गाउपालिका वडा नं.०१ बर्षाभन्ज्याङ माझपाटा निवासी बर्ष २३ को पवन जि.सी. घर्तीलाई साढे सात किलो गाँजासहित प्रहरीले स्याङजाबाट पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको बताइएको छ।
आफ्नै घरमा सुकाएर चार वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
घर्तीबिरुद्ध जिल्ला प्रहरी कार्यालय स्याङजाले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत स्याङजामा लागुऔषध(गाँजा) सम्बन्धी कसुर मुद्धा” दर्ता गरी कारबाही अघि बधीएको प्रहरीले जनाएको छ।