पर्यटकीय नगरी पोखराको लेकसाइडबाट अबैध लागू औषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमान गाउँपालिका वडा नम्बर २१ बुधबारे का २१ वर्षीय सुमन रौतार थारु र जिल्ला पाल्पा रेब्दीकोट गाउँपालिका वडा नम्बर ८ सोमर बस्ने २१ वर्षीय सुमन रायमाझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुन्दर तिवारीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम ब्राउनसुगर फेला बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयूक्त टोलीले सोमबार पोखराको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएकोे तिवारीले जानकारी दिए ।