कैलालीको ‘भाइरल’ गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु, हत्या आशंका

कैलालीको ‘भाइरल’ गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु, हत्या आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ माघ २०७८
  • 3.6K
    Shares

कैलालीको गोदावरी पुलबाट खसेर एक मृत्यु भएको छ । अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको पुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार जीर्ण गोदावरी पुलमा सोमबार बेलुका फोटो खिच्न गएका शिक्षक पुलबाट खसेर घाइते भएका थिए । पुलबाट खसेर घाइते भएका शिक्षक भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी बेदप्रकाश जोशी घटनाको अनुसन्धान भइरहेको बताउँछन्. । ‘५ बजे पछि गोदावरी पुलमा जान दिदैनन् । पुलमा वार पनि छैन । फोटो खिच्न पुलमा गएका बेला खसेको प्रत्यक्षदर्शीले देखे पछि हामीलाई खबर आएको थियो,’ डिएसपी जोशीले भने, ‘मापसे पनि गरेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान गर्दैछौँ ।’
भाट कोहलपुरबाट गोदावरी पुगेका थिए।

यसैबीच घटना निकै शंंकास्पद र शवको प्रकृति हेर्दा हत्या आशंका रहेकोले मृतकका आफन्तले सत्य, तथ्य छानविनको माग गरेका छन् । मृतकका आफन्तले भने पुलबाट धकेलेर हत्या गरिएको बताएका छन्। `गोदावरीको पुलबाट खसेर खुट्टामा मात्र चोट लाग्दैन,´ कोहोलपुरबाट आजै फर्किएको र गोदावरीको एक होटलमा बसेर मदिरा सेवन गरेर पुलमा फोटो खिच्न गएको सुन्नमा आएको छ,´ जोशीले भने।´

काठेपुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ। काठेपुल पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुन्छ। कैलालीमा यो पुल भाइरलको नामले परिचित छ।

प्रतिक्रिया
सम्बन्धित समाचार