पर्सामा दुई जना बालबालिकाको हत्या : चार जना पक्राउ

पर्सामा दुई जना बालबालिकाको हत्या : चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ पुष २०७८
  • 6.1K
    Shares

पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक बालकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ गरिएकाहरूको नाम सार्वजनिक गरिएको छैन। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिए।

यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेका दिए।
यसैबीच पर्साबाटै प्राप्त अर्को एक जानकारी अनुसार, वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।

वीरगञ्ज-१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार