गोरुगाडा पल्टिदा कैलालीमा एक महिलाको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका २ मोहनपुरस्थित सडकमा गोरुगाडा पल्टिदा ३५ वर्षीया चन्द्रा देवी चौधरीको मृत्यु भएको हो।
स्थानीय ४० वर्षीय शिबप्रसाद चौधरीले चलाइरहेको गोरुगाडा मंगलबार बेलुकी नालीमा पल्टिएर दुर्घटना हुँदा गोरुगाडामा सवार उनकै श्रीमती ३५ वर्षीया चन्द्रा देवी चौधरीको मृत्यु भएको बताइएको छ ।
गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। फाइल फोटो