बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ पुष २०७८
  • 4.2K
    Shares

बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा प्रहरीले सप्तरीबाट दुई जनालाई आइतबार पक्राउ गरेको छ। सप्तरीको खडक नगरपालिका वडा ९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा आइतवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, रुबिनाले गएको मङ्सिर ३ गते सोही ठाउँकी समसुल मियाँकी पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले आफुलाई बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएकी थिइन् ।

उनले आफुलाई ४ लाख रुपैयाँ दिए उक्त मुद्दा मिलाउने भन्दै बार्गेनिङ गरेकी थिइन् । उनले त्यति पैसा नदिए जबरजस्ती करणी मुद्दा लगाई श्रीमानलाई जेल पठाइदिने धम्की दिएको प्रहरीको भनाई छ । रुबिनाले गुलेसासँग मंसिर १० मा १ लाख रुपैयाँ लिइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले बताए । प्रहरीमा उजुरी परेपछि अनुसन्धानका क्रममा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार