चालक रक्सीले मातेपछि चितवन आउने आठ यात्री कैलालीमै अलपत्र, बससहित चालक पक्राउ

चालक रक्सीले मातेपछि चितवन आउने आठ यात्री कैलालीमै अलपत्र, बससहित चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ मंसिर २०७८
  • 5.6K
    Shares

खप्तड यातायात प्रालिद्वारा संचालित एक बसका चालकलाई प्रहरीले बससहित पक्राउ गरेको छ। खप्तड यातायात प्रालिको ना ८ ख ४३०६ नम्बरको बसका चालकलाई प्रहरीले बससहित पक्राउ गरेको हो।
चितवन जाने आठ जना यात्रीलाई कैलालीको धनगढीमा अलपत्र परेको भन्दै उजुरी परेपछि चालकलाई बससहित पक्राउ गरिएको मालाखेती प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्राप्त विवरण अनुसार, सो बसका चालकले धनगढीदेखि चितवन जान टिकट काटेका आठ जना यात्रीलाई कैलालीको अत्तरियामा नै अलपत्र पारेका थिए। तर,खप्तड यातायात प्रालिले भने बस चालकले मदिरा सेवन गरेका कारण जान नमानेको र यात्रुहरुलाई अर्काे व्यवस्था गर्ने वा टिकट रकम फिर्ता दिने बताएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार