भाइटीकाको दिन खुकुरी हानेर चार जना घाइते बनाएर भागेका टोले गुण्डा छाबासहित दुई जना पक्राउ

भाइटीकाको दिन खुकुरी हानेर चार जना घाइते बनाएर भागेका टोले गुण्डा छाबासहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ मंसिर २०७८
  • 7.3K
    Shares

तिहारको भाइटीकाको दिन चार जनामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर भागेका टोले गुण्डा छाबा भन्ने सुशील कार्कीसमेत दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।  पोखरा –१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भनिने सुशील कार्की र पोखरा –२० भलाम घर भई पोखरा –१७ छोरेपाटन बस्दै आएका १९ वर्षीय गोरे भन्ने सुरज गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। कार्कीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट र गुरुङलाई पोखराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरु माथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार