जुम्लाको सिंजामा बस दुर्घटना : चालक र सहचालकको मृत्यु, दुई जना घाइते

जुम्लाको सिंजामा बस दुर्घटना : चालक र सहचालकको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ मंसिर २०७८
  • 2.5K
    Shares

जुम्लाको सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको बस यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा घटनास्थलमै चालक नवीन रावल र सहचालक विशाल बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार घाइते दुई जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्सबाट सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ ।

बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन्  । बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार