चितवनमा उम्मेदवारी दर्ता गर्ने दिनमा कांग्रेस निर्वाचन अधिकृतद्वारा राजिनामा

चितवनमा उम्मेदवारी दर्ता गर्ने दिनमा कांग्रेस निर्वाचन अधिकृतद्वारा राजिनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ मंसिर २०७८
  • 3K
    Shares

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेकाले जिल्ला अधिवेशन गराउन असमर्थ रहेको भन्दै आफ्नो पदबाट राजिनामा दिएका हुन्।

उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए ।

पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मंसिर १९ गतेसम्म हुने तालिका तय भएको थियो । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो ।

यसअघि मंसिर १० गतेदेखि सुरू हुने भनिएको जिल्ला अधिवेशन नेकपा एमालेको महाधिवेशनका कारण स्थगित गरिएको थियो । एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार