पोखराको प्रशस्त कटनी मण्डलका पास्टर केशवराज आचार्यलाई दुई वर्ष जेल सजायँ

पोखराको प्रशस्त कटनी मण्डलका पास्टर केशवराज आचार्यलाई दुई वर्ष जेल सजायँ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ मंसिर २०७८
  • 3.6K
    Shares

पोखराको चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर केशवराज आचार्यलाई अदालतले दुइ वर्ष जेल सजायं तोकेको छ।  जबरजस्ती धर्म परिवर्तन गराएको देखिएपछि उनलाई डोल्पा जिल्ला अदालतले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय तोकेको हो।

पास्टर आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको स्रेस्तेदार मोहनप्रसाद बेल्वासेले जानकारी दिए ।

गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।  उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ ।

गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए ।

मुलुकी अपराध संहिताको दफा १५८ को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ । त्यस्तै कुनै धर्म परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने पनि उल्लेख छ । धर्म परिवर्तन गराएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार