नेपाली कांग्रेस कास्कीको सभापतिमा बराल बिजयी, अन्य पदको मतगणना जारी

नेपाली कांग्रेस कास्कीको सभापतिमा बराल बिजयी, अन्य पदको मतगणना जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ मंसिर २०७८
  • 5.2K
    Shares

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । दोश्रो चरणको मतदानबाट प्रत्यासी सुदीप मोहन भट्टराईलाई पराजित गर्दै बराल सभापति पदमा विजयी भएका हुन् । शनिबार सम्पन्न मतदानमा कूल एकहजार नौ सय २६ मतमध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका थिए ।

शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच जनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शनिबार दोश्रो चरणको मतदान भएको थियो  । पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको चुनावबाट गुरुङ, शर्मा र गौतम बाहिरिए भने बराल र भट्टराईबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणमा पराजित भएका सभापति पदका तीनै जना उम्मेदवारले दोश्रो चरणमा उम्मेदवार भट्टराईलाई सघाउने भन्दै विज्ञप्ति जारी गरेका थिए । उनीहरुले उम्मेदवार भट्टराईलाई मत दिन आफ्ना समर्थकलाई आग्रह पनि गरेका थिए ।

उम्मेदवारहरुका आग्रह समर्थक मतदाताले स्वीकार गरेका भए सभापतिमा भट्टराई भारी मतका साथ विजयी हुन सक्थे । तर समर्थकले दुवै उम्मेदवारलाई विवेक पुर्याएर मत दिए । जसले गर्दा बरालले सभापतिमा विजयी भए ।

पहिलो चरणमा सभापतिका उम्मेदवार बरालले सबैभन्दा धेरै छसय ४४ र भट्टराईले चारसय ७२ मत प्राप्त गरेका थिए । यसैगरी गुरुङले चारसय ६२, शर्माले तेंसाया ३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।

कास्की कांग्रेसको पदाधिकारीहरुको पनि मतगणना जारी छ । सबै परिणाम आइतबार मध्यान्हसम्म आइसक्ने आँकलन गरिएको छ ।

राति २ बजेसम्ममा २०० मत गन्दा उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी, सचिवमा भानु ढकाल र कृष्णप्रसाद तिमिल्सिना, सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना, विकास थापा अगाडि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार