नेपाली कांग्रेस कास्कीको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, सभापतिमा पांच जनाको उम्मेद्वारी

नेपाली कांग्रेस कास्कीको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, सभापतिमा पांच जनाको उम्मेद्वारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० मंसिर २०७८
  • 3.1K
    Shares

नेपाली कांग्रेस कास्की

नेपाली कांग्रेस कास्कीको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ। काँग्रेस कास्कीको नेतृत्व लिन पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

जिल्ला सभापतिका लागि आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराईले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए  ।

यसैगरी उपसभापतिमा १० जनाको उम्मेद्वारी परेको छ । जसमा कृष्णप्रसाद ढुंगाना, नाराण कुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबहादुर भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले उम्मेद्वारी दिएका छन्।

सचिवमा अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्  ।

सहसचिवमा कृष्णमान ठुसाजु, गणेशबहादुर थापा खत्री, जयप्रकास थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकाश थापा र शंकर ढुंगानाको उम्मेदवारी परेको छ ।

जिल्ला सदस्यका लागि पोखरा महानगरबाट १६ जना, रुपा गाउँपालिकाबाट तीन जना, मादि गाउँपालिकाबाट तीन जना, अन्नपूर्ण गाउँपालिकाबाट दुई जना, माछापूछ्रे गाउँपालिकाबाट चार जना गरी २९ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार