बालिकालाई वलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ

बालिकालाई वलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ मंसिर २०७८
  • 4.6K
    Shares

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट नेपाली सेनाका एक जना हवल्दारलाई पक्राउ गरेको छ।  कञ्चनपुर घर भइ ललितपुरको लेलेस्थित सैनिक ब्यारेकमा कार्यरत हवल्दार ३६ वर्षीय गोविन्द सिंह विष्टलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो। उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए।

नेपाल प्रहरीको अपराध महाशाखाले उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वर चोकबाट पक्राउ गरेको हो। रामेछाप स्थायी ठेगाना भएकी ती बालिकालाई विष्टले गत कात्तिक ३० गते लगनखेलबाट ल्याएर कोटेश्वरको एक होटलमा बलात्कार गरेको उजुरी परेको छ।  किशोरीलाई कोटेश्वरको आयुषा होटलमा राखेर रातभर बलात्कार गरेर विक्षिप्त अवस्थामा छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले जानकारी दिए।

पक्राउ परेका विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको अपराध महाशाखाले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार