कांग्रेस कास्की जिल्ला सदस्य पदमा पोखराका चर्चित पर्यटन ब्यबसायी पालिखेको उम्मेदवारी घोषणा

कांग्रेस कास्की जिल्ला सदस्य पदमा पोखराका चर्चित पर्यटन ब्यबसायी पालिखेको उम्मेदवारी घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ मंसिर २०७८
  • 3.8K
    Shares

विश्वशंकर पालिखे

पोखराका पर्यटन ब्यबसायी विश्वशंकर पालिखेले नेपाली कांग्रेसको कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको यही मंसिर १० गते जिल्ला अधिवेशन हुदैछ ।

पत्रकार सम्मेलनमा ब्यबसायी पालिखेले पद कहिले पनि सानो वा ठूलो नहुने भन्दै पार्टीको नीति नियमलाइ आत्मसाथ गरेर कांग्रसलाई अझै सुदृढ र बलियो बनाउनु आफ्नो दायित्व रहेको बताए । आफ्नो सम्पूर्ण ब्यापार ब्यबसाय आफ्नो छोरालाई सुम्पिएर राजनीतिमा आउँ लागेको पनि पालिखेले पत्रकाहरुलाई जानकारी दिए।

२०२९ सालमा पृथ्वीनारायण क्यामपसबाट नेपाल विद्यार्थी संंघको सदस्यता लिएर आफ्नो राजनीतिक जीवन शुरु गरेका पालिखेले  २०४६ सालको जनआन्दोलनमा आफुले कास्की कांग्रेसकोतर्फबाट सक्रिय भूमिका निर्वाह गरेको दाबी पनि गरे।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा २०५७ देखि २०६० सालसम्म नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्य भएर काम गरेको अनुभव रहेका पालिखेसंग नेपाल ट्रायथोलन संघको संस्थापक अध्यक्ष, नेपाल चीन जनमैत्री संघ पोखराको अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराको अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष लगायत अन्य संघ संस्थाहरुको महत्वपूर्ण पदमा रहेर काम गरेको अनुभव रहेको छ । पालिखे रेडियो अन्नपूर्णको संस्थापक अध्यक्ष समेत हुन् ।

पालिखेले खेल मार्फत पर्यटन पवर्द्धन गर्न सकिन्छ भन्ने अवधारणा सहित सहित २०५० सालमा साहसिक खेल ट्रायथोलन संघको स्थापना गरेक थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पालिखेको महत्वपूर्ण भूमिका रहेको छ । त्यस्तै जाउँ है पोखरा, पोखरा भ्रमण बर्ष २००७, उज्यालो पोखरा, पानीको मुहान शुद्धिकरण र नेपाल भेन्टिलेटर सोसाइटी कास्कीको संयोजक समेत भएर काम गरिसकेका पालिखेको सामाजिक कार्यमा महत्वपूर्ण योगदान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार