हिमाल पारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमबाट पोखरा आउदै गरेको एक जीप आज बिहानै मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त हुँदा चालकसहित पांच जना घाइते भएका छन्। पोखरा आउदै गरेको ग १ ज ७७०३ नम्बरको जिप मुस्ताङको थासाङ गाउँ पालिका वडा नं-१ मा पर्ने म्हन्सिङ खोला नजिकै आज बिहान करिब ४:४५ बजेतिर दुर्घटनामा परेको थियो । घुम्तीमा जिप अनियंत्रित भइ सडकदेखि करिब २० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ जोमसोमले दिएको जानकारी अनुसार, दुर्घटना हुनेमा कास्की जिल्ला, अन्नपूर्ण गाउँ पालिका वडा नं-३ काँडे बस्ने चालक बर्ष २४ को भिजन बिक, ताप्लेजुङ जिल्ला, महिखोला गाउँ पालिका वडा ढुङ्गेसाँघु बस्ने बर्ष ३० कि कल्पना श्रेष्ठ, दोलखा जिल्ला, भिमेस्वर गाउँ पालिका वडा नं,५ बस्ने बर्ष ४५ कि मैयाँ थापा, सोहि ठेगानाको बर्ष ५२ को बाबुराम थापा र बर्ष २४ कि अनिसा थापा गम्भीर घाइते भएका छन।
घाइते हुने दुइजना कल्पना श्रेष्ठ र अनिसा थापा जोमसोम शिक्षालय मुस्ताङमा कार्यरत हुन् । उनीहरु दुबैजना छुट्टीमा घर जान लागेका हुन् । गम्भीर घाइते भएकाहरुलाइ पोखरा लैजाने तयारी भैरहेको मुस्ताङ प्रहरीकाका प्रहरी निरीक्षक आशिष अधिकारीले जानाकारी दिए।